पनौतीको १२ वर्षे मकर मेला स्थगित

काभ्रेको पनौती नगरपालिकामा माघ १ गतेदेखि सुरू हुने भनिएको १२ वर्षे मकर मेला स्थगित भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसबाहेक बैठकले जिल्लाका १३ वटै स्थानीय तहलाई कोभिड नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरू परिपालनामा कडाइ गर्न समेत आग्रह गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार