टायर बालेर प्रदर्शनमा उत्रिए नोबेल मेडिकल कलेजका विद्यार्थी

एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् । पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् ।

आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा आन्दोलनरत विद्यार्थीहरुले आइतबारदेखि कलेजमा रिले अनशन बस्दै आएका हुन् ।

विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो ।

विद्यार्थीले अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार