आज पनि तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि बिहीबार पनि सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको थियो ।महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय पुगेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार