कामना सेवा विकास बैंक र ‘मोको’ एपबीच डिजिटल भुक्तानीका लागि सम्झाैता

कामना सेवा विकास बैंक र मोको एपबीच फोकसोन पेमेन्ट सोलुसन्स डिजिटल वालेट सुविधा आदान–प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र फोकसोन पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो । यसमार्फत ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् ।

बैंकका भिसा कार्ड प्रयोगकर्ताले एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन् ।

बैंकका देशभरमा १२९ शाखा, १ एक्स्टेन्सन काउन्टर र १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार