इट्टा भट्टाको पर्खाल खसेर एकको मृत्यु, दुई घाइते

सप्तरीको रुपनीस्थित रहेको विशाल इट्टा भट्टाको पर्खाल खसेर एक मजदुरको मृत्यु भएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा इट्टा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन् । गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिए ।

घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रवक्ता काफ्लेले बताए । उनका अनुसार घाइतेको उपचारमा भट्टा मालिकले सहयोग गरेको र थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार