राज्यको सम्पत्ति दुरुपयोग हुन नदिने मन्त्री आलेको प्रतिवद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पत्ति दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आलेले नारायणहिटी, पशुपति लगायतका क्षेत्रको राज्यको सम्पत्ति दुरुपयोग हुन नदिने बताएका हुन् । उनले नारायणहिटी, पशुपति लगायतका क्षेत्रमा भएको दुरुपयोगको प्रतिवेदन आएपछि थप छानविन हुने जिकिर गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले आजको सन्दर्भमा ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको चर्चा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार