रसुवागढी नाकामा ‘यार्ड’ निर्माणकाे काम सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माणको काम सुरु भएको छ ।

यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण सुरु गरिएको हो । अहिले रसुवागढी नाकाबाट चार किलोमिटर वर टिमुरेमा अस्थायी यार्ड सञ्चालनमा छ ।

टिमुरेमा नै ड्राइपोर्ट पनि निर्माण भइरहेको छ । तर नाकामा अहिलेसम्म यार्ड सञ्चालनमा ल्याइएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार नाकामा नै यार्ड निर्माण सुरु भएको छ ।

रसुवागढीमा कम्तीमा पनि २० वटा कन्टेनर अट्ने यार्ड निर्माण हुने उनले बताए । नाकामा यार्ड निर्माण भएमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन् । कोभिड–१९ सुरु भएपछि चीनबाट हुने आयात घटेको छ ।

नाकाको नेपालतर्फ पूर्वाधारको विकास नभएकै कारण चिनियाँ पक्षले सामग्रीको आयात बढाएका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार