नौका बिहार गरिरहेको डुंगामाथि विशाल चट्टान खस्दा १० को मृत्यु २० बेपत्ता

ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट चट्टानको टुक्रा भत्किएर डुंगामाथि खस्दा १० जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएका छन् । यस दुर्घटनामा परी ३२ घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ ।

उक्त घटना शनिबार दिउँसो भएको थियो । मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहरनजिकै फर्नास ताल वरपरको घाटीबाट ठूला चट्टान खसेको थियो ।

मिनस ग्यारेस फायर डिपार्टमेन्टका कमाण्डर कर्नल एडगार्ड एस्तेभोले बेपत्ता व्यक्तिको खोजी भइरहेको बताएका छन् । उनले हालसम्म घटनास्थलमै ७ जना र थप ३ जनाको शव केही समयपछि पानीबाट निकालिएको जानकारी दिए । घाइतेमध्ये ९ जना गम्भीर घाइतेको उपचार जारी रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भू–गर्भशास्त्रीले पानीको बहावले चट्टान खसेको हुनसक्ने विश्वास गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार