सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लागेको खबर आउनु दुखद : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लागेको खबर आउनु दुखद कुरा भएको  बताएका छन् ।
शुक्रवार काठमाडौँमा बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले देशलाई बन्दकी राख्ने राष्ट्रिय हित विपरीतका काममा सरकारको नेतृत्व गर्ने प्रमुख नै लागेको खबरहरू सार्वजनिक भइरहेको भन्दै यसले नेपाल र नेपाली जनताको आत्मसम्मानमा प्रश्न खडा गर्ने दुस्साहस भएको बताए । राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै उनले जति सुकै गरे पनि जित सत्य र न्यायको जित हुने धारण राखे ।
प्रचण्डले अहिले पनि केही मानिसहरूमा सङ्घीयता खारेज गर्ने, स्थानीय तहको अधिकार केन्द्रमा सीमित गर्ने, समावेशी र समानुपातिकता उल्ट्याउन खोज्ने प्रवृत्ति परेको बताएका छन्  ।
अध्यक्ष प्रचण्डले जित अन्ततः जनताकै हुने भन्दै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिएका छन् । उनले इतिहासको चक्कालाई पछाडि फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिका बिच सङ्घर्ष भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले अग्रगमनका पक्षमा लागि खेलाडीलाई समेत आव्हान गरे ।
खेलकुदको विकासका लागि नेपाल उपयुक्त भूगोल र वातावरण भएको देश भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकासका लागि नेपाल अनुकूल ठाउँ रहेको बताएका थिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार