माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको हो । यसका लागि संघीय मामिला मन्त्रालयलाई सिफारस गरेको सिसिएमसिसीकी प्रवक्ता  सुनिता नेपालले जानकारी दिइन्।

आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत नेपालले जानकारी दिइन्।

बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ यात्रुको चाप नहुने गरी उडान तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार