माघे संक्रान्ति नजिकिएसँगै टोखाका व्यवसायीलाई चाकु बनाउने चटारो (भिडियोसहित)

माघे संक्रान्ति नजिकिएसँगै टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याईनभ्याई छ । बजारमा अघिल्लो वर्षको भन्दा चाकुको माग बढ्दो छ । तर बजारको माग पूरा गर्न सक्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ ।

प्रत्येक वर्ष माघ एक गते मनाइने पर्वमा घिउ र चाकु दुई परिकार निकै महत्वपूर्ण छ । काठमाडौंमा रहेको टोखा चाकुका लागि चर्चित छ । उक्त स्थानमा करिब १५ वटा चाकु उद्योग रहेका छन् । टोखाका चाकु व्यवसायीलाई अहिले चाकु बनाउन भ्याईनभ्याई छ । टोखाका चाकु उद्योगहरुमा अहिले कोही सख्खर पकाउँदै, कोही खुदो मस्काउँदै, कोही हत्केलामा राखेर चाकुलाई आकार दिनमा व्यस्त देखिन्छन ।

परम्परागत शैलीबाट नै बन्ने हुँदा कुनै रसायनिक तत्व नमिसाएको हुने भएकाले माघे संक्रान्ति र अन्य अवसरमा टोखाको चाकुको माग बढी हुने गर्दछ ।

टोखामा बनाइएका चाकु काठमाडौंको असन, न्युरोड, नयाँ बजारलगायत सहर बजारसँगै विदेशमा समेत निर्यात हुने गरेको छ । विशेषगरी माघेसंक्रान्ति तथा जाडोमा चाकुको बढी खपत र व्यापार हुने भएकाले व्यवसायीहरु चाकु बनाउन व्यस्त भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार