नेपालमा कोरोना संक्रमित दिनहुँ बढ्दै, २४ घण्टामा ११६७ जनामा संक्रमण

नेपालमा पछिल्लो समय दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ हजार १६७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।

सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार