ऋचाले घटाइन् १४ केजी तौल, काममा सक्रिय

नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम हाेइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन् ।

‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन् । लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा उनले दर्शककाे मन जित्न सफल भइन् ।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की जजसामेत रहेकी ऋचाले २०१९ मा दिपेक्षविक्रम रानासँग विवाह गरेकी ऋचा यतिबेला एक सन्तानकी आमासमेत बनेकी छन् । मातृत्व सुख लिइरहेकी ऋचा यतिबेला काममा समेत फर्किरहेकी छन् ।

सन्तान प्राप्तिपछि बढेको आफ्नो तौललाई घटाएर उनले एक सर्ट फिल्म र एक बाहिरी प्रोजेक्टको सुटिङ सकेकी छिन् । ७८ केजी तौल पुगेकी ऋचाले झन्डै १४ केजी तौल घटाएकी छन् ।

ऋचा भन्छिन्, ‘आमा बनेपछि म झन्डै ७८ केजी पुगेकी थिएँ। यो प्राकृतिक प्रक्रिया पनि हो । मैले आमा बनिसकेपछि व्यायाम र डाइट गरेर झन्डै १४ केजी तौल घटाएँ । अहिले काममा व्यस्त राखिरहेकी छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार