भारतमा ओमिक्रोन सङ्क्रमतिको संख्या तीन हजार ६०० नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् ।

हाल त्यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले आइतबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमध्ये एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।

भारतमा अहिले पाँच लाख ९० हजार ६११ सक्रिय संक्रमित रहेका छन् । गएको २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै हालसम्म तीन करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना सङ्क्रमण निको भएका छन् । कोरोना भाइरस निको हुने दर ९६.९८ प्रतिशत रहेको जनाइएको छ ।

सोही अवधिमा थप ३२७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ७९० पुगेको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । त्यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ५७ लाख ६० हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार