जनताको विश्वासलाई धोका दिन्नँ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनःस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए ।

सभामुख सापकोटाले भने, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अंगमध्ये एक अंगको प्रमुख बनाउनुभएको छ । तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत व्यक्तिको उपस्थिति थियो ।

कार्यक्रमका सहभागी वक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए ।

सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् । सभामुख सापकोटाले बलेफी–३, फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार