सञ्चारमन्त्री कार्की आइसोलेसनमा, पीसीआर रिपोर्टपछि मात्रै भेटघाट गर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री  कार्की आइसोलेसनमा बसेका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए । अघिल्लो दिन बिहीबार सत्ता गठबन्धनको बैठक बसेको थियो ।

आइतबार कोरोना परीक्षण गराउने मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् ।

नेपालमा पछिल्ला केहिदिनयता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार