माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ । उनी अहिले आफ्नै निवासमा आराम गरिरहेका छन्  र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार