हावाहुरीसँगै परेको चट्याङ लागेर बाग्लुङ र स्याङ्जामा दुई जनाको मृत्यु

बिहीबार सँझदेखि परेको हावाहुरीसँगैको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेल र स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गोठमा भैंसी दुहुन जाँदै गर्दा परेको चट्याङले लागेर खिमलालको मृत्यु भएको हो । त्यस्तै चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

त्यस्तै बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छन् । उनको हालको अवस्था सामान्य रहेको छ । त्यस्तै चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी, १ गोरु र दुईवटा बाख्रा मरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार