काठमाडौंको कपनमा प्रेमी-प्रेमिका मृत भेटिए

काठमाडौंको कपनमा युवक–युवती मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको घरमा दुईजना मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार संखुवासभा घर भएका २६ वर्षीय अनिस जिमी र खोटाङकी  २२ वर्षीया युसिना  राई मृत भेटिएका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।

युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।

बिहीबार राति १२ बजे कोठाभित्र हानाहान गरेको जस्तो आवाज आएपछि युवककी आमा र उनकी बहिनीको छोराले ढोका फुटाएर हेर्दा उनीहरू रगतमा लतपतिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। युवती मृत भेटिए पनि युवकलाई उपचारका लागि तत्काल चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्‍याएको थियो।

उनीहरु दुवैजना पब्जीको लतमा थिए । २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार