कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को आंशिक परीक्षाको नजिता बिहीबार प्रकाशित गरेको हो ।

ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिन्छ । साथै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

साथै २०७८ सालको कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा केन्द्र सम्बन्धी विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार