प्रधानमन्त्री सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘टेन्थ भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको छ । गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएको भारतीय सञ्चारमाध्यम एनआईले उल्लेख गरेको छ ।

जनवरी १० देखि जनवरी १२ सम्म सम्मेलन आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार गुजरात जाने तयारीमा थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार