हावाहुरी अझै केहिबेर र भोलि दिउँसो पनि आउँदैछ सतर्क हुनुहोस्

काठमाण्डौ उपत्यकामा बिहीबार राती भीषण हावाहुरी कारण जनजिवन प्रभावित भएको छ । अहिले रातको समयमा आएको भयानक हावाहुरीका कारण मानिस घरबाहिर निस्कन सक्ने अवस्था छैन ।

राति ९ बजेदेखि शुरु भएको हावाहुरी निरन्तर चलिरहेको छ । यसबाट भएको क्षतिको जानकारी भने यो समाचार तयार पार्दा सम्म प्राप्त भएको छैन । तुर हावाहुरी अझै केहिबेर चल्ने र भोलि दिउँसोको समयमा पनि अझै ठुलो हावाहुरी आउने भएकाले सतर्क हुन मौसमविदले सुझाव दिएका छन । भीषण हावाहुरीले बाक्लो बस्ती भएका शहरी क्षेत्रमा भन्दा छेऊछाउमा कृषि तथा पशुपंक्षिपालन गर्ने कृषकका टहराहरुमा क्षति पुगेको अनुमान छ ।

देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाई छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएकाले अहिले अन्धकारजस्तो बनेको छ ।

मौसमविदका अनुसार अझै एकरदुई घण्टासम्म हावाहुरी चल्ने छ । ‘यो हावाहुरी प्रि(मनसुन एक्टिभिटीअन्तर्गत नै चलेको हो । अझै एकरदुई घण्टा हावाहुरी चल्ने र त्यसपछि वर्षा भएपछि मात्रै रोकिने मौसम पूर्वानुमान महाशाखाका कृष्ण राज श्रेष्ठले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार