राष्ट्रपतिसमक्ष बिमस्टेक महासचिवको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव तान्जेन लाक्फेलले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिको कार्यालयका अनुसार त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेलले यसअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँगपनि भेटवार्ता गरेका थिए ।

Loading...