दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी बोलेरो चालक भगवतीमाई–१ का ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए ।

शाहका अनुसार जीपमा सवार अन्य आठ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनाको थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । घाइते भएका अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Loading...