काठमाण्डौमा भीषण हावाहुरी, कृषि तथा पशुपंक्षीपालन गर्ने ठाउँमा क्षति

अझै केहीबेर हावाहुरी चल्ने भएकाले सर्तक रहन मौसमविदको सुझाव

काठमाण्डौ उपत्यकामा बिहीबार राती भीषण हावाहुरी कारण जनजिवन प्रभावित भएको छ । अहिले रातको समयमा आएको भयानक हावाहुरीका कारण मानिस घरबाहिर निस्कन सक्ने अवस्था छैन ।

राति ९ बजेदेखि शुरु भएको हावाहुरी निरन्तर चलिरहेको छ । यसबाट भएको क्षतिको जानकारी भने यो समाचार तयार पार्दा सम्म प्राप्त भएको छैन । भीषण हावाहुरीले खासगरि बाक्लो बस्ती नभएका छेऊछाउमा कृषि पशुपंक्षिपालन गरेर बसेका कृषकका टहराहरुमा क्षति पुगेको अनुमान छ ।
देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएको समाचार छ ।

मौसमविदका अनुसार अझै एकरदुई घण्टासम्म हावाहुरी चल्ने छ । ‘यो हावाहुरी प्रि-मनसुन एक्टिभिटीअन्तर्गत नै चलेको हो । अझै एकरदुई घण्टा हावाहुरी चल्ने र त्यसपछि वर्षा भएपछि मात्रै रोकिने मौसम तथा जलवायु मापन केन्द्रका कृष्ण राज श्रेष्ठले बताएका छन ।

उनले शुक्रबार अपरान्ह पनि देशका केही भागमा हावाहुरी चल्ने भएकाले यसबाट सर्तक हुनुपर्ने मौसमविद श्रेष्ठको भनाई छ ।
अहिले प्रदेश १, वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका प्रदेशका विभिन्न भागपनि हावाहुरी चलेको छ ।

हावाहुरीका कारण अहिलेसम्म  देशका कुनै पनि स्थानमा ठुलो क्षति भएको विवरण नआएको नेपाल प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार