चिसो र शीतलहरले बाँकेका विद्यालय तीन दिन बन्द

शीतलहरले चिसो बढ्दै गएपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द भएका छन् । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।

पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेको छ । जसका कारण विद्यालयमा पढ्न आएका बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

चिसोको जोखिमलाई मध्यनजर गर्दै बाल विकास र कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गर्नुपर्ने अभिभावकको माग छ । अभिभावकले सरकारीसँगै निजी विद्यालयलाईसमेत बन्द गर्न आग्रह गरिएको छ । सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय बन्द नगरिएको अभिभावकले गुनासो गरेका छन् ।

बालबालिका बिरामी भइरहेको अवस्थामा विद्यालय सञ्चालन गरेकोप्रति नेपालगञ्ज–११ का रिजवान सिद्धिकीले आपत्ति जनाए ।

नेपालगञ्जको न्यूनतम तापक्रम ९ देखि १० डिग्रीमा झरेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो अत्यधिक बढ्दा दैनिक जनजीवन कष्टकर बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार