पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ७९४ र एन्टिजेन विधिबाट १ हजार ५३५ नमुना परिक्षण गर्दा ३९३ जनामा कोरोना देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २९ हजार ६३२ र एन्टिजेनबाट ९६ हजार ३१८ जना पुगेको छ ।

यो साताको तथ्यांक हेर्दा दैनिक नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । यसअघि आइतबार २१६ जनामा र सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तै, आज थप २६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ९३७ जना पुगेको छ ।

मंगलबार नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसाँ ११ हजार ६०१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ ।

Loading...