कांग्रेस महोत्तरीको चेतावनी- जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने

नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेकाे जिल्ला अधिबेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो ।

कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा  क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु  षड्यन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।

यता निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरित जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दु:खद् भएको बताउँदै जिल्लाका पूर्वमहासचिव बजरङ्ग नेपालीले भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । उनले आजै कांग्रस महाेत्तरीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । साे क्रममा उनले विवादित ठाउँहरूको विवाद नटुङ्याएसम्म अधिवेशन गरे भोक हडताल गर्ने घोषणा गरे । नेता नेपालीको हडताललाई समेत मध्यनजर गर्दै  क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार