दाहाल बिदा हुने भएपछि राष्ट्रिय सभामा नयाँ उपाध्यक्ष चयन हुने

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २० फागुनमा  समाप्त हुने भएपछि नयाँ नेतृत्व चयन गरिने भएको छ ।

उपाध्यक्ष दाहालको कार्यकाल २० फागुनमा सकिएलगत्तै राष्ट्रिय सभाका लागि नयाँ उपाध्यक्ष चयन गर्नुपर्ने भएको हो । २० फागुनमा चार बर्षे कार्यकाल भएका १९ जना सांसदको कार्यकाल सकिँदै छ, जसको स्थानमा पदपूर्तिका लागि उम्मेदवार मनोनयनको प्रक्रिया जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार