माओवादी केन्द्रले टुंग्यायो राष्ट्रियसभाका ५ उम्मेदवार

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार टुंगो लगाएको छ ।

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुङ्गो लगाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांगरअल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेका छन् ।

उम्मेदवारहरूले आज १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन भने माघ १२ मा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार