काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सोमबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएकी दोलखा घर भई हाल काठमाडौंको शान्तिनगरमा बस्दै आएकी २५ वर्षीया कृतिका कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

बाग्मती प्रदेश ०२-०२१ प १९३५ नम्बरको स्कुटरमा सवार उनलाई एयरपोर्ट-गौशाला सडकखण्डको पिंगलास्थानमा बा५ख १५३८ नम्बरको बसले ठक्कर दिएको थियो ।

उनको आज बिहान ५ बजे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार