दुई उपसभामुख माओवादीको केन्द्रीय सदस्य

कर्णाली र बागमती प्रदेशका उपसभामुख नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचीमा परेका छन्।  आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन्।

महाधिवेशनको बन्दसत्रमा प्रचण्डले उनीहरूको नाम पी घर्ती र आर तामाङ भनेर बाचन गरेका थिए। संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख कुनै पनि दलको सदस्य नहुने प्रचलन छ।

सभामा निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा दिनुपर्ने हुन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार