निर्मला पन्त हत्या प्रकरण : एकजना भारतीय नागरिक पक्राउ

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी पन्त प्रकरणमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई केही समयअगाडि नियन्त्रणमा लिइएको हो ।

निर्मला मृत फेला परेको क्षेत्रको आसपासमै तरकारी खेती गर्दै आएका भारतीय नागरिकका छोरा पक्राउ परेको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

उनको पहिचान भने खुलाइएको छैन । कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको तिन वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन ।

तिन वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।

शवको प्रकृति र शव परीक्षण रिर्पोटपछि निर्मलाको बलात्कारपछि हत्या देखिएपछि सोहीअनुसार अनुसन्धान जारी छ। विभिन्न तह र कोणबाट निर्मला प्रकरणको अनुसन्धान चलिरहेको र प्रहरीले दोषी पत्ता लगाएर छाड्ने प्रहरी बताउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएर आउने हरेक प्रहरी नायब उपरीक्षकलाई उक्त घटनाको अनुसन्धान अधिकृत तोकेर अनुसन्धान हुँदै आएको छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार