नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा थप तीन जना मनोनित

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । आइतबार केन्द्रीय सदस्यमा जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई मनोनित गरेका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

शनिबार मात्र सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मासहित १० नेतालाई मनोनित गरेका थिए ।

Loading...