नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने

पाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो ।

मुख्य सचिव पौडेलका अनुसार ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे बस्ने बैठकका लागि केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

मुख्य सचिव पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्य समितिको बैठकबारे जानकारी दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार