माओवादी महाधिवेशनकाे बन्दसत्र : निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा निर्वाचन मण्डलका सदस्यले बन्दसत्रमा लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यहरूको नाम प्रस्तुत गरेका छन् । निर्वाचन मण्डलले प्रस्तुत गरेका निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम बन्दसत्रबाट पारितसमेत भएको छ ।

निर्वाचन आयोगमा विष्णु पुकारलाई निरन्तरता दिइएको छ भने अनुशासनमा टंक राई र लेखामा पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ ।

शनिबारबाट आज दिउँसाे २ बजेसम्मका लागि स्थगित गरिएको बन्दसत्र ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । आजको बन्दसत्रमा अध्यक्ष  प्रचण्डले १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिको सूची प्रस्तुत गर्ने बुझिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार