सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप, गोली चल्दा ८ जना घाइते

धनुषाको गणेशमान चारनाथ नगरपालिका -८ पोर्ताहा पुलमा  सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा राउतका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको छ भने अन्य भागदौडमा घाइते भएका छन् । झडपमा प्रहरी ७ जना प्रहरी र एक सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।

सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको थियाे । त्यसपछि किसानले आफैले निकालेर बिउ लगेपछि गाउँपालिकाकाे उजुरीमा ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार