पाल्पामा मलामी जाँदै गरेको बस दुर्घटना, सात जनाको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । बुटवलबाट शव दाहसंस्कारका लागि पाल्पाको रिडि हिँडिरहेको लु१ख ७२७९ नम्बरको बस दुर्घटना भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए ।

स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार