तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सात सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूलय प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार