माओवादीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

आज बस्ने भनेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।

बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्ने भनिएको थियो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७र०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

माओवादीले आज केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने तयारी गरेको छ । संघीय संसद सचिवालयका अनुसार अब पुस २२ मा अर्को बैठक बस्नेछ ।

Loading...