राष्ट्रियसभा निर्वाचनमा भागबण्डाको कसरत- कुन पार्टीलाई कति सिट ?

१२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सक्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट भागबन्डाको कसरत शुरु भएको छ । सक्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जसपाबीच निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य शुरु भएको हो ।

२० फागुनबाट रिक्त हुने १९ सिटमा निर्वाचन गर्न निर्वाचन आयोगले तयारी गरिरहेको छ । आयोगले २० पुसमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले आयोगमा दल दर्ता गराइसकेका छन् ।

उच्च स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १० सिट, माओवादी केन्द्र र नोकपा एसलाई चार/चार सिट तथा जसपा भने संख्या थप हुनुपर्ने अडानमा छन् । यी दलहरुबीच राष्ट्रिय सभा निर्वाचनमा विगतदेखि नै गठबन्धन गरेर जाने सहमति छ ।

‘हामीबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर जाने सहमति विगत देखिकै हो, कांग्रेसले १० सिट राखेर माओवादी केन्द्र र नेकपा एसलाई चार/चार तथा जसपालाई एक सिट दिनेगरी अनौपचारिक छलफल भएको हो । अन्तिम सहमति भइसकेको छैन, छिटै सहमतिमा पुग्छौ,’ सक्ता गठबन्धनमा आबद्ध एक नेताले भने । राजधानी दैनिकमा समाचार छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार