देउवाले गरे पौडेल र गच्छदारसहित १० जनालाई केन्द्रीय सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले पौडेलसँगै विजयकुमार गच्छदार, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

देउवाले मनोनीत गरेकामध्ये गच्छदार,महत र कोइराला महाधिवेशनमा पराजित उम्मेद्वारहरू हुन् । गच्छदार र कोइराला उपसभापतिमा र महत महामन्त्रीमा पराजित भएका थिए ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वत: केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।

Loading...