माओवादी महाधिवेशन : केन्द्रीय सदस्यमा सहमति जुटाउन दुई घण्टाको समय छुट्याइयो

नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा जारी बन्दसत्र दुई घण्टाका लागि स्थगित भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको महाधिवेशनको बन्द सत्र हलमा सर्वसम्मति प्रयासका लागि दुई घण्टाको समय छुट्याइएको हो ।

सहमतिका लागि साँझ ५ बजेसम्म बन्दसत्र स्थगित भएको कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसीले जानकारी दिइन् । क्लष्टरअनुसारको केन्द्रीय समितिको ट्ङ्गो लगाउन महाधिवेशनस्थल प्रज्ञा भवनमा स्थायी समिति बैठक बसिरहेको छ । महाधिवेशनबाट आजै केन्द्रीय समितिको टुङ्गो लगाउने माओवादीको तयारी छ ।

यसअघि शनिबार नै  स्थायी समिति सदस्य देव गुरुङले पेश गरेकाे पार्टी विधान परिमार्जनसहित पारित भएकाे छ । विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय सदस्य मनोनित गर्ने प्रतिशतलाई १५ पु-याइएको छ । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो ।  केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार