चिसोका कारण विद्यालय सञ्चालन गर्न मुस्किल

रुकुमपूर्व, अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ । हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो । माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय खुले पनि पठनपाठन सञ्चालन गर्न सकिएको छैन । कतीपय विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ ।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मेकोटमा रहेको हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तिमान पुनले विद्यालयमा पठनपाठन सञ्चालन गर्न नसकेको बताए । अहिले विद्यालयमा साना बालबालिका आउन सकेका छैनन् भने ४१६ जम्मा विद्यार्थी सङ्ख्या रहेकोमा शुक्रबार जम्मा ४०र५० जनाको हारहारीमा विद्यार्थी विद्यालयमा आएको प्रधानाध्यपाक पुनले बताएका छन् । अत्यधिक चिसोको कारण उपस्थित विद्यार्थीको लागि पनि पठनपाठन सञ्चालन गर्न नसकेको उनले बताए।

पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्मामा रहेको जनता आधारभूत विद्यालय बन्द गरेको विद्यालय परिवारले जनाएको छ । अन्य ठाउँका विद्यालयमा पनि बाक्लो हिउँ जमेका कारण शिक्षक विद्यार्थी विद्यालयसम्म पुग्न मुस्किल हुने गरेको छ । तकसेरामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा भने कम विद्यार्थीको उपस्थितिमा पठनपाठन सञ्चालन गरिएको पुथाउत्तरगङ्गा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार