महाधिवेशनमा मैले सारेका एजेन्डा स्थापित हुन्छन् : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनमा आफूले सारेका एजेन्डा स्थापित हुने दाबी गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काँग्रेस क्षेत्र नम्बर १ ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पार्टी रूपान्तरणका लागि आफूले अघि सारेका एजेन्डा स्थापित हुने बताएका हुन् ।

काँग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेर बहादुर देउवाले आफ्नो एजेन्डालार्इ पुरा गर्ने प्रतिबद्धता जनाएकाले आफूले समर्थन गरेको भन्दै उनले यस विषयमा आएका आलोचनालाई आफूले सहज रूपमा स्वीकार गर्ने धारणा व्यक्त गरे ।

उनले सभापति देउवासँग पार्टी हितबिपरितको कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । उनले महाधिवेशन अघि आफूलाई सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति हुन नसकेकैका कारण निर्वाचनमा आफूमाथि घात भएको गुनासो गरे ।

त्यस्तै कार्यक्रमका सहभागीहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजानुपर्ने धारणा राखेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार