ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए।

सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ । २०४९ सालमा जग्गा हडप्ने कसुरमा संलग्नमध्ये ४० जना फरार सूचीमा छन् ।

यस्तै, ०६२ मा हिनामिनामा संलग्न भएको कसुरमा १५ जना, बालुवाटारस्थित प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीको निवास विस्तारका नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको कसुरमा ८० जना र २०६९ मा सरकारी जग्गा नक्कली टिकिन्छा गुठीमा कायम गर्ने र त्यसमा नक्कली मोही खडा गर्ने ८५ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पुस ६ गते सीआईबीले रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई ताहाचालबाट पक्राउ गरेको थियो । त्यसपछि ब्यूरोले अरु आरोपितलाई पक्राउ गरेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार