रेग्मीप्रति मन्त्रीको आक्रोश : भटाभट ह्वीस्की तानेको छ, यस्तो साँढेलाई सीईओ बनाएर चल्छ ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीमाथि खनिएका छन् । बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री आलेले रेग्मीबाट संस्था चल्न नसक्ने बताए ।

हालै लण्डनमा आयोजित विश्व पर्यटन मेलामा सीईओ रेग्मीकै कारण नेपालको बेइज्जत भएको मन्त्री आलेले बताए । ‘हालै लण्डनमा आयोजित विश्व पर्यटन मेलामा १६ देशका मन्त्री सहभागि भएका थिए । नेपालबाट मेरै नेतृत्वमा गयौं । तर, सीईओको धन्दा चाहिँ जाँड खाने र रमाइलो गर्ने मात्र रहेछ । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ । त्यो त मुलुकुक बेइज्जत भयो । यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छ ?’ आलेले आक्रोशपूर्ण बोलीमा भने ।

त्यही भ्रमणको अर्को प्रसंग कोट्याउँदै मन्त्री आलेले भने, ‘लण्डनमा पुरानो व्यवसायी हुनुहुन्छ नेपाली साथी । उहाँले डिनरमा बोलाउनुभयो । त्यहाँ गइसकेपछि भटाभट ह्वीस्की तानेको छ । के कामको लागि आएको भन्ने मतलबै छैन । यस्तो मान्छेलाई सीईओ बनाएर चल्छ ?’

आलेले आफ्नो मन्त्रालय अन्तर्गतका संस्थाहरूमा जताततै विकृति रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार