पार्टी विभाजनपछिको सुखद् संयोग : एमाले र समाजवादीका नेता एकै ठाउँमा

नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच एक आपसमा बोलचालसमेत नभएको बेला तुलसीलाल स्मृति प्रतिष्ठानको नेतृत्वमा भने दुवै पार्टीका नेताहरु एक ठाउँमा बस्न तयार भएका छन् । बिहीबार सम्पन्न सम्पन्न तुल्सीलाल स्मृति प्रतिष्ठानको २१ औं साधारण सभाले एमाले र समाजवादी दुवै पार्टीका नेताहरु रहेको १४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

प्रतिष्ठानको अध्यक्षमा एमालेका पुराना नेता गोपाल शाक्यलाई चयन गरिएको छ भने बरिष्ठ उपाध्यक्षमा नेकपा समाजवादीका प्रदेश सांसद माधव पौडेल चयन भएका छन् । उपाध्यक्षमा नेकपा समाजवादीका संघीय सांसद कृष्णलाल महर्जन चयन भएका छन् ।

नेकपा एमालेका हिमबहादुर क्षेत्री महासचिव, बाबुराम थापा कोषाध्यक्ष र सदस्यहरुमा सुजिता शाक्य, हरिकृष्ण ब्यन्जनकार, सुरेन्द्रमोहन शर्मा चयन भएका छन् । सदस्यमा चयन भएका डा. बंशीधर मिश्र र गरिमा शाह नेकपा समाजवादीका हुन् । प्रतिष्ठानको कार्यसमितिमा अष्टमान महर्जन, तारामान जोशी, राजेन्द्र ब्यन्जनकार र प्रतिभा श्रेष्ठलाई चयन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार