प्रहरी अनुसन्धानमा १८ सय बढि बैकिङ कसुरका मुद्दा

सबैभन्दा धेरै चेकअनादर

नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो समय बैकिङ कसुरका  मुद्दा बढेको देखिएको छ । तथ्यअनुसार  देशभर दैनिक १२ वटाभन्दा धेरै बैकिङ कसुरका उजुरी पर्ने गरेको देखिन्छ।

 

चालु आर्थिक वर्षको पाँच महिनामा मात्र देशभर १ हजार ८ सय ७ वटा बैकिङ कसुरका उजुरी परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

गएको आर्थिक वर्षको पाँच महिना तुलना गर्दा १ सय ५ प्रतिशत भन्दाबढीले यस्ता मुद्दा बढेको हो। आर्थिक वर्ष २०७७/७८ मा २ हजार ३ सय ७३ उजुरी परेको थियो। यसरी पर्ने उजुरीमा सबैभन्दा धेरै चेकअनादरका रहेका छन्।

आर्थिक वर्ष २०७५/७६ मा ३ हजार १ सय ६७ वटा मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०७६/७७ झन् मुद्दा दर्ता संख्या माथि नै रह्यो २ हजार ९ सय १० काठमाडौं उपत्यकासहित देशभर ३ हजार ३ सय ९ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ।

२० जना विदेशी नागरिकसहित ४ सय ३६ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आर्थिक वर्ष २०७३/७४ मा देशभर ९३ वटा मात्र बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए।

आर्थिक वर्ष २०७४/७५ मा ७ सय ७६ वटा बैकिङ कसुरका घटना भए। जसमा काठमाडौं उपत्यकाभित्र मात्रै ४ सय ८८ वटा मुद्दा दर्ता भएका थिए। ३ सय १५ जना मानिस पक्राउ परे। जसमा तीन जना विदेशी नागरिक समेत रहेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार