नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी माओवादी केन्द्रको ८औँ महाधिवेशनको बन्दसत्रमा नेता न्यौपानेले अध्यक्ष प्रचण्डले पेस गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक राजनीतिक प्रतिवेदन अपूर्ण रहेको भन्दै १० बुँदे फरक मत राखेका हुन् ।
यस्ताे छ न्यौपानेको फरक मतको पूर्णपाठः-